अग्निपथ योजना र ईपीजी रिपोर्टबारे कुराकानी भएन् : सचिव विनयमोहन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अग्निपथ योजना र ईपीजी रिपोर्टबारे कुराकानी भएन् : सचिव विनयमोहन


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटमा नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको (ईपीजी) रिपोर्टबारे कुराकानी नभएको भारतीय विदेश सचिवले बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा वान अन वान कुराकानी भएको थियो । साथै प्रतिनिधिमण्डल स्तरमा पनि वार्ता भएको थियो ।

त्यसपछि दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरे, जहाँ सात सहमति तथा सम्झौता आदान प्रदान भएको छ ।

संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले ईपीजीबारे बोलेनन् । भेटपछि भारतीय विदेश मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा सचिव विनयमोहन क्वात्रालाई ईपीजी रिपोर्टबारे पत्रकारहरूले प्रश्न गरेका थिए ।

सचिव क्वात्राले आफूले थाहा पाएसम्म वान अन वान र प्रतिनिधिमण्डल स्तरको कुराकानीमा ईपीजीसँगै अग्निपथ योजनाबारे कुराकानी नभएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस