पाँच प्रदेशको पहाडी भू-भागमा चट्याङसहित वर्षा, तराइमा हावाहुरीको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँच प्रदेशको पहाडी भू-भागमा चट्याङसहित वर्षा, तराइमा हावाहुरीको सम्भावना


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

यस्तैगरी, आज राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस