राष्ट्रिय हितविपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय हितविपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्। 

बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। 

नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले राष्ट्रिय हितविपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पारे। गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताए।  

उनले भने, ‘नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। नेपाल सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा दृढ छ। यसमा कहिल्यै कुनै सम्झौता गरिनेछैन। यसको प्रतिकूल कुनै काम गरिनेछैन। कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको छ। ऐतिहासिक तथ्यका आधारमा छलफल गरिरहेका छौँ। दुई देशको पारस्परिक हितको पक्षमा नै छलफल गर्नुहुनेछ।’

Tags :
प्रतिक्रिया दिनुहोस