जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिँदै काठमाडौँ महानगर  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिँदै काठमाडौँ महानगर 


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडा भित्रका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।

काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच बुधबार एक सम्झौता भएको छ । जसअनुसार महानगरभित्रका ७० वर्ष कटेका ज्येष्ठ नागरिकले छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराउने सबै स्वास्थ्य सेवा निःशुल्क पाउने मेयर बालेन शाहले बताएका छन् ।

उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालयबाट प्राप्त वृद्ध भत्ता परिचय पत्र वा कर्मचारी परिचय पत्र वा वडा कार्यालयको सिफारिस पत्र अनिवार्य गरेको मेयर बालेनले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस