‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट ६ जना पुरस्कृत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट ६ जना पुरस्कृत


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य कर कोष सचिवालयबाट ६ जना पुरस्कृत भएका छन् । सचिवालयले ६ जनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पुरस्कृत गरेको हो ।

विश्व धुम्रपानरहित दिवसको अवसरमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै व्यक्ति तथा संस्था पुरस्कृत भएका हुन् ।

व्यक्तितर्फ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भक्तबहादुर केसी, प्रा.डा. रीता थापा र पत्रकार पदमराज जोशी पुरस्कृत भएका छन् । भने संस्थातर्फबाट एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठानलाई पुरस्कृत गरिएको छ । सरकारी निकायतर्फ विराटनगर महानगरपालिका पुरस्कृत भएको छ ।

उनीहरूलाई स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले ५० हजार रुपैयाँ र कदर पत्रले सम्मान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस