९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयअन्तर्गतका नौ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् ।

मन्त्री बस्नेतले बुधबार दुई अस्पतालसहित विभिन्न विभागका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । 

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाललाई नियुक्त गरी यसअघि सो जिम्मेवारीमा रहेका डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी निर्देशकको जिम्मेवारी दिइएको छ ।

औषधि व्यवस्था विभागको महानिर्देशको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ भने यसअघि महानिर्देशक रहेका भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशाला प्रमुखमा नियुक्त गरिएको छ । 

सम्बन्धित समाचार : औषधि व्यवस्था विभागका महानिर्देशक पनि फेरिए, भट्टराईको ठाउँमा ढकाल

Tags :
प्रतिक्रिया दिनुहोस