रेशम चौधरीविरुद्धको रिट हेर्न नभ्याइनेमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रेशम चौधरीविरुद्धको रिट हेर्न नभ्याइनेमा


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पेस भएको रिट हेर्न नभ्याइनेमा राखिएको छ।

आनन्दमोहन भट्टराईको इजलासमा परेको रिट बुधबार हेर्न नभ्याइनेमा राखिएको हो ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस गरेकी थिइन्।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका हुन्।

जन्मकैद भएका चौधरीलाई सरकारले १३ वर्ष कैद मिनाहा दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस