झलनाथ खनाल सहभागी कार्यक्रम बिथोलेको घटनाप्रति नेकपा एसको आपत्ति  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

झलनाथ खनाल सहभागी कार्यक्रम बिथोलेको घटनाप्रति नेकपा एसको आपत्ति 


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेता झलनाथ खनाल सहभागी कार्यक्रम बिथोल्ने र हो-हल्ला गरेका घटनाप्रति आपत्ति जनाएको छ । 

समाजवादीले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गर्दै घटनामा संलग्नहरूलाई कारबाही गर्न माग गरेको हो । 

‘हिजो मिति २०८० जेठ १६  गते आयोजित  एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड  झलनाथ खनाल माथि  केही पुनरुत्थानवादीहरूका मतियार अराजक तत्त्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढङ्गले दुर्व्यवहार र अपमानित गरेको घटना प्रति हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । उक्त घटनामा संलग्न रहेका उत्श्रृंखल तत्त्वहरूलाई सरकारले कठोर कारबाही गरोस् भन्ने पनि माग गर्दछ ।’ पार्टी उपमहासचिव एवं केन्द्रीय कार्यालयकाका सचिव डा.गङ्गालाल तुलाधरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस