भारत भ्रमणअघि माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट नेताहरुबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारत भ्रमणअघि माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट नेताहरुबीच भेटवार्ता


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच शिष्टाचार भेट भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओ हुईसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरूसँग भेट गरेको हो ।

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्ने कुरामा छलफल भएको बताए ।

भेटमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिस्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस