भारतको नक्सामा नेपालको भूमि समेटेको प्रति रास्वपाको ध्यानाकर्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतको नक्सामा नेपालको भूमि समेटेको प्रति रास्वपाको ध्यानाकर्षण


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतले नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति ध्यानाकर्षण गराएको छ।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा पार्टीको ध्यानाकर्षण भएको र नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम रास्वपालाई स्वीकार्य नहुने बताएको हो।

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्य तथ्य सार्वजनिक गर्न रास्वपाले माग गरेको छ।

उक्त नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस