राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डल निर्वाचित भएको तीन महिनामा बनाइयो  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डल निर्वाचित भएको तीन महिनामा बनाइयो 


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको अफिसियल ट्विटर अकाउन्ट बनाइएको छ । राष्ट्रपति पदमा निर्वाचित भएको तीन महिनामा उनको अफिसियल ट्विटर ह्यान्डल बनाइएको हो ।

राष्ट्रपतको सचिवालयका अनुसार राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डल  OOP_Nepal बनाइएको छ । 

यसअघि राष्ट्रपतिले चलाउँदै आएको ह्यान्डललाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत बनाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस