सर्पले डसेर दुई बालकको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सर्पले डसेर दुई बालकको मृत्यु


१६ जेष्ठ २०८०, मंगलबार


सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रीष्म पहाडीको मृत्यु भएको हो ।

ओछ्यानमा सुतिरहेका बालकलाई आज बिहान ३ बजे सर्पले डसेको थियो । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रीष्मको बाँया खुट्टामा डसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस