काठमाडौँ । ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सामा नेपाल सरकारले नोटिस गरेको बताएका छन् ।
संसद्को पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । मन्त्री बस्नेतलाई समिति सदस्यहरूले राखेको जिज्ञासामा भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखिएको विषय प्रति सरकार जानकार रहेको बताएका हुन् ।
उनले भने, ‘यो विषय सरकारको नोटिसमा छ । कुन प्रकृतिको हो बुझ्न आवश्यक छ।’