विदेशबाट ल्याएका यी मोबाइलका लागि तिर्नु पर्ने दश हजार कर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विदेशबाट ल्याएका यी मोबाइलका लागि तिर्नु पर्ने दश हजार कर


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । विदेशबाट ल्याइएका फोनहरूमा दश हजार कर लाग्ने भएको छ।

विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा दश हजार कर लाग्ने भएको हो ।

सरकारले अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था गरेको छ ।

विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस