ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज(मंगलबार) दुई खेल हुँदैछ।

दोस्रो लेगको दशौँ चरण अन्तर्गत आज दुई खेल हुन लागेको हो।

दशरथ रङ्गशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२२ खेलमा ३० अङ्क जोडेर पाँचौँ स्थानमा रहेको आर्मी आज आठौँ जीतको योजनामा छ । २२ खेलमा ३४ अङ्क जोडेर तेस्रो स्थानमा पुगेको जावलाखेल दशौँ जितको खोजीमा छ ।

दशरथ रङ्गशालामै हुने दोस्रो खेलमा एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन्। खेल साँझ ६ बजे शुरु हुनेछ।

दुई खेलमा २९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको एपीएफ नवौँ जितको खोजीमा हुनेछ। २२ खेलमा ३८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज ११ औँ जीतको योजनामा छ।

Tags :
प्रतिक्रिया दिनुहोस