राहदानी, राष्ट्रिय परिचयपत्र र लाइसेन्ससम्बन्धी कार्य दुई सिफ्टमा गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राहदानी, राष्ट्रिय परिचयपत्र र लाइसेन्ससम्बन्धी कार्य दुई सिफ्टमा गरिने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सूचना प्रविधिको प्रयोग बढाई सेवालाई पारदर्शी र प्रभावकारी बनाइने भएको छ।

उनले कागजरहित सरकारको अवधारणालाई मूर्तरूप दिन नेपाल सरकारका सबै संघीय, केन्द्रीय निकायमा क्रमशः एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइने बताए ।

सोमबार बजेट भाषण गर्दै उनले सरकारी निकायका सबै भुक्तानी क्यूआरबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिने बताएका छन् ।

यस्तै उनले राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुपत्र दिने सेवा सहज बनाउन आवश्यकता अनुसार दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

यस्ता सेवा प्रवाहका लागि सञ्चालित विद्युतीय प्रणालीबीच अन्तरआवद्धता गरिने उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस