अब भन्सारमा विद्युतीय प्रणालीबाटै कागजात पेस गर्नुपर्ने  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अब भन्सारमा विद्युतीय प्रणालीबाटै कागजात पेस गर्नुपर्ने 


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन प्रविधिको प्रयोग गरिने बताएका छन् ।

कर प्रशासनबाट प्रवाह हुने सेवालाई स्वचालित प्रणालीमा लैजान सबै करदातालाई क्युआर कोडसहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने व्यवस्था गरिने बताएका छन् ।

यस्तै, भन्सारमा पेस गर्नुपर्ने कागजात सबै विद्युतीय माध्यमबाट पेस गर्न सकिने व्यवस्था मिलाएर जाँचपास सरल र पारदर्शी बनाइने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस