काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी वर्षदेखि फागुन महिनामा बजेटको सिद्धान्त पेस गर्ने जानकारी दिएका छन् ।
संसदमा बजेट पेस गर्दै अर्थमन्त्रीले सांसदहरूको छलफललाई प्रभावकारी बनाउन बजेटको सिद्धान्त फागुन मसान्तमा पेस गर्ने जानकारी दिए ।
अहिले वैशाख महिनाभित्र बजेटको सिद्धान्त ल्याउने गरिएको छ ।