‘चालु आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब ८४ करोड राजस्व सङ्कलन हुने अनुमान’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘चालु आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब ८४ करोड राजस्व सङ्कलन हुने अनुमान’


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । चालु आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको र गत वर्षको तुलनामा ५.९ प्रतिशतले कम भएको बताए ।

चालु आर्थिक वर्षमा वैदेशिक ऋण १ खर्ब ७० अर्बमा सीमित रहने उनको भनाइ छ । वैदेशिक अनुदान ३८ अर्ब मात्रै प्राप्त हुने संशोधित अनुमान गरिएको छ ।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको सङ्कुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम सङ्कलन हुने अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस