प्रधानमन्त्री प्रचण्डद्वारा तरकारी खेतीको शुभारम्भ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री प्रचण्डद्वारा तरकारी खेतीको शुभारम्भ


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको सुरु गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा सोमबार बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनियाँ लगायतका बिउ र बेर्ना रोपेका हुन् । उनले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको भन्दै यसलाई व्यवस्थित गर्न आफूले जोड दिने बताए ।

उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस