आज बिदाका दिन पनि कृषि विकास बैंक खुल्ला रहने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज बिदाका दिन पनि कृषि विकास बैंक खुल्ला रहने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा देशभर बिदा हुँदा कृषि विकास बैंक भने खुल्ला रहने भएको छ । मुख्य कार्यालयलगायत बैंकका देशभरस्थित ११ कार्यालयहरू बिदाका दिन पनि सञ्चालन हुने बैंकले जनाएको छ ।

आज खुल्ला रहने कार्यालयहरूमा मुख्य कार्यालय काठमाडौँ, प्रदेश कार्यालय विराटनगर अन्तर्गत मुख्य शाखा विराटनगर, इटहरी, धरान, गाईघाट र बिर्तामोड, मधेस प्रदेश कार्यालय जनकपुर अन्तर्गत शिव चोक, बर्दिबास र लहान, प्रदेश कार्यालय वीरगन्ज अन्तर्गत कलैया, बैंकिङ वीरगन्ज, गौर र मलंगवा, प्रदेश कार्यालय वीरेन्द्रनगर अन्तर्गत कान्तीराजपथ हेटौडा, बागमती प्रदेश कार्यालय काठमाडौँ अन्तर्गत चाबहिल, सल्लाघारी, मंगलबजार र बनेपा, गण्डकी प्रदेश कार्यालय पोखरा अन्तर्गत मुख्य शाखा पोखरा, स्याङ्जा, दमौली र बागलुङ, लुम्बिनी प्रदेश कार्यालय भैरहवा अन्तर्गत बैंकिङ बुटवल, रामपुर र भैरहवा शाखा, प्रदेश कार्यालय दाङ अन्तर्गत त्रिभुवन चोक, गुलरिया र बैंकिङ घोराही, कर्णाली प्रदेश कार्यालय, सुर्खेत अन्तर्गत सुर्खेत र जुम्ला र सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी अन्तर्गत क्याम्पस रोड, महेन्द्रनगर, डडेलधुरा र सिलगढी शाखाहरू खुल्ला रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस