विश्वकप क्वालिफायर खेल्ने नेपाली टोली घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वकप क्वालिफायर खेल्ने नेपाली टोली घोषणा


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । जसमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन् ।

गत वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थप्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।

यो टोलीमा सन्दीप जोरा, देव खनाल, सूर्य तामाङ, कमल सिंह ऐरी, अविनाश बोहरा र श्याम (मौसम) ढकाल भने परेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस