सरकारी सेवामा ६ हजार मात्रै चिकित्सक  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सरकारी सेवामा ६ हजार मात्रै चिकित्सक 


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले सरकारी सेवामा ६ हजार १३८ जना मात्रै चिकित्सक रहेको देखाएको छ ।

सरकारी सेवामा रहेका कुल एकलाख दुई हजार ५०७ जना स्वास्थ्यकर्मीमध्ये चिकित्सकको संख्या ६ हजार १३८ मात्रै रहेको पाइएको हो ।

आर्थिक सर्वेक्षणअनुसार सरकारी सेवामा सबैभन्दा धेरै नर्स/अनमी २७ हजार ६८३ जना र सबैभन्दा कम कविराज ६७४ जना रहेका छन् ।

त्यस्तै, वैद्य ६९३, स्वास्थ्य सहायक १५ हजार ८९६ र महिला स्वास्थ्य स्वयंसेविका ५१ हजार ४२३ जना रहेका छन् ।

देशभर स्वास्थ्य संस्थाको संख्या सात हजार ८५८  रहेको सर्वेक्षणमा उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस