व्यक्तिले गरेको गल्तीको दोष सिङ्गो प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

व्यक्तिले गरेको गल्तीको दोष सिङ्गो प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिनु गलत हुने बताएकी छिन् । उनले व्यक्तिले गरेको गल्तीका आधारमा सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने काम भइरहेकोप्रति सरकार सचेत रहेको बताइन् ।

आइतबार आयोजित एक कार्यक्रममा मन्त्री शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गर्न नमिल्ने दाबी गरिन् ।

उनले सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र त्यस्तो व्यवस्थासमेत गणतन्त्रमा मात्रै सम्भव हुने बताइन् ।

मन्त्री शर्माले पछिल्ला वर्षहरूमा प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्यप्रति प्रश्न उठ्ने गरेको बताइन् । तर आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य अझैपनि उज्यालो रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस