काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा थप पाठ्यसामग्री प्रयोग गर्न चाहेमा मूल्याङ्कनका लागि पेस गर्न आह्वान गरेको छ । शैक्षिक सत्र २०८१ का लागि विद्यालय तहमा थप पाठ्यसामग्री प्रयोग गर्न चाहेमा त्यसको मूल्याङ्कनका लागि पेस गर्न भनेको हो ।
शिक्षा नियमावली २०५९ को परिच्छेद ७ को नियम ३५ अनुसार विद्यालयले थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक प्रयोग गर्न चाहेमा स्वीकृति लिनुपर्ने प्रावधान छ । सोही आधारमा ‘पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७९’ को दफा २५ अनुसार आगामी शैक्षिक सत्रमा प्रयोग गर्न चाहेका पाठ्यसामग्री मूल्याङ्कन गर्न भनेको हो ।
कक्षा १ देखि १० सम्मका लागि सरकारले तोकेको पाठ्यक्रम बाहेक प्रयोग गर्न चाहेमा त्यसको डिजिटल सामग्री स्वीकृत गरेर मात्र प्रयोग गर्न पाइन्छ । त्यसका लागि प्रकाशक तथा लेखकहरूले डिजिटल सामग्री स्वीकृत गर्नुपर्ने र कात्तिक १५ गतेभित्र आवेदन पेस गर्न केन्द्रले आह्वान गरेको हो ।
त्यसरी थप पाठ्यसामग्री मूल्याङ्कन गराउँदा १० हजारदेखि १७ हजार रुपैयाँसम्म राजश्व लाग्ने केन्द्रले जनाएको छ ।