निगमको प्रबन्ध निर्देशक फेर्न पर्यटन मन्त्रीलाई आयो तीन करोडको प्रस्ताव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निगमको प्रबन्ध निर्देशक फेर्न पर्यटन मन्त्रीलाई आयो तीन करोडको प्रस्ताव


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशक (जिएम) फेर्न तीन करोड रुपैयाँको प्रस्ताव आएको दाबी गरेका छन् । 

पर्यटनमन्त्री किरातीले आफू मन्त्री भएकै दिनदेखि यो प्रस्तावका लागि फोन आउन थालेको खुलासा गरेका हुन् । आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै पर्यटनमन्त्री किरातीले आफूलाई एक महिनामै तीन करोड आउने भन्दै यस्तो प्रस्ताव गरिएको खुलासा गरेका हुन् ।

जिएम फेर्न दबाबसहित एक ठूलो मान्छेले भेटेरै यस्तो प्रस्ताव गरेको उनको दाबी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस