पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ ।  कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा रहेको जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको भन्दै तालाबन्दी गरेका छन्।

कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले अहिलेसम्म पाठ्यपुस्तक नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन्। 

विद्यालयको लापरबाहीले अहिलेसम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीहरूको आरोप छ। पुस्तक नपाएसम्म विद्यालय खोल्न नदिने विद्यार्थीहरूको चेतावनी छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस