पावर चाइनालाई स्पष्टीकरण सोध्ने बोर्डको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पावर चाइनालाई स्पष्टीकरण सोध्ने बोर्डको निर्णय


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । ६७९ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रिया अघि बढेको छ । 

आइतबार बसेको लगानी बोर्ड नेपालले बैठकले पावर चनाइनालाई नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) सँग मिलेर आयोजना बनाउन गरेको सम्झौता र कार्ययोजना अनुसार काम अघि नबढेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

एचआईडीसीएलले लगानी बोर्ड, नेपाललाई आयोजना बनाउन पावर चाइनासँग २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्तरता नदिन औपचारिक आग्रह गर्दै पत्र लेखेको थियो । त्यसकै आधारमा लगानी बोर्डले यसबारे स्पष्ट गर्न पावर चाइनालाई पत्र पठाउने निर्णय गरेको हो ।

३ वर्षअघि चिनियाँ राष्ट्रपति सी जिन फिङ नेपाल भ्रमणमा रहेका बेला पावर चाइनाले यो आयोजनामा ७४ प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको थियो । सरकारले तमोर जलासययुक्त आयोजनाबाट पावर चायनालाई बिदा गरेर भारतीय कम्पनी भित्र्याउने योजना बनाएको छ ।

एचआईडीसीएलका अनुसार काम गर्न चासो नदिएपछि पावर चाइनासँग मिलेर आयोजना विकास गर्न नसकिने निष्कर्षमा पुगेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस