लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या छुट्याउनुपर्ने  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या छुट्याउनुपर्ने 


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुटाउने अस्पतालको नाम सार्वजनिक गर्ने तयारीमा गरेको छ । 

नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेहरूलाई कारबाहीका लागि सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाइनेछ र यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन बन्द गरिने भएको हो । 

महानगरका अनुसार यस प्रयोजनका लागि सार्वजनिक सूचना प्रकाशन गरेर विवरण बुझाउन अनुरोध गरिसकिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ११ (४) ख २ को स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई छ ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

यस व्यवस्थाबमोजिम अतिरिक्त लक्षित वर्गका बिरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न, यो विवरण प्रत्येक महिनाको १० गतेसम्म महानगरमा पठाउन महानगरको आग्रह छ ।

Tags :
प्रतिक्रिया दिनुहोस