कोशी नामकरणविरुद्ध आन्दोलनमा उत्रिएका २६ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोशी नामकरणविरुद्ध आन्दोलनमा उत्रिएका २६ जना पक्राउ


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएकाहरू पक्राउ परेका छन्। आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हताजु राई पक्राउ परेका हुन् ।

विराटनगरको देवकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । राई पक्राउ परेसँगे पक्राउ पर्नेको संख्या २६ पुगेको बताइएको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि यसअघि बिहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस