मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, प्रमको भारत भ्रमण र कैद मिनाहाबारे थप छलफल  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, प्रमको भारत भ्रमण र कैद मिनाहाबारे थप छलफल 


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान १० का लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक डाकेका हुन् । 

बैठकमा १५ गते(भोलि) गणतन्त्र दिवसमा हुने कैद छुट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने उच्च स्रोतले जानकारी दिएको छ । दुवै विषयमा अस्ति बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको एक मन्त्रीले प्रशासनसँग बताए । 

उनका अनुसार आज अरु पनि केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन् । मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा परेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस