सबस्टेसन निर्माणको काममा ढिलासुस्ती भएपछि ठेक्का तोड्ने कुलमानको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सबस्टेसन निर्माणको काममा ढिलासुस्ती भएपछि ठेक्का तोड्ने कुलमानको चेतावनी


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन सब स्टेसनको निर्माणको ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सब स्टेसनको निर्माणको काम राम्रो नदेखेपछि ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।

शनिबार सब स्टेसनको अनुगमन भ्रमण गरेका घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सब स्टेसन निर्माणको बारेमा जानकारी लिएका थिए ।

ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सब स्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता दिए पनि निर्माण स्थलमा कुनै प्रगति नदेखिएपछि आक्रोशित हुँदै उनले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।

उनले सबस्टेसन निर्माण स्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्ट लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सका पदाधिकारीहरूलाई फोन गरेर तोकिएको समयमा काम सम्पन्न नगरे जरिवाना तिराउने समेत चेतावनी दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई फोन गरी आइतबार काठमाडौँ आएर संयुक्त बैठक गर्न निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस