संघीय संसद्को संयुक्त बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संघीय संसद्को संयुक्त बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । आज बस्ने संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने छ ।

उक्त बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस