‘ठुला सांसद बोल्दा मनपरी भयो, नियमावली संशोधन गरौँ’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘ठुला सांसद बोल्दा मनपरी भयो, नियमावली संशोधन गरौँ’


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले ठुला सांसदहरूले मनपरी रूपमा संसद्मा बोल्न लागेको भन्दै नियमावली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शनिवारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै चौधरीले प्रतिनिधिसभा नियमावली संशोधन गरेर सांसदको बोल्ने समय र नीति तथा कार्यक्रम संशोधन गर्ने बारेका व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले स्वतन्त्रसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा बोल्न पाउनुपर्ने हो । तर आज ठुला सांसदहरूले बोल्दा मनपरी समय निर्धारण नहुने, सांसदले बोल्दा समय तोक्ने कुरा गलत छ । यसलाई सच्याउनुपर्छ । आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ, कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ । नियमावलीमा करेक्सन गरेर भए पनि समय निर्धारण गरौँ । बजेट, नीति तथा कार्यक्रम कहिले प्रस्तुत गर्ने भन्ने विषयमा नियमावली संशोधन गरेर अगाडि बढ्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस