‘स्वास्थ्य सामग्रीको २ अर्ब भ्रष्टाचार र पशुपतिको जलहरीमा पित्तल लगाएको’ शब्द हटाइयो संसदबाट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘स्वास्थ्य सामग्रीको २ अर्ब भ्रष्टाचार र पशुपतिको जलहरीमा पित्तल लगाएको’ शब्द हटाइयो संसदबाट


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । कोरोना भाइरसको समयमा स्वास्थ्य सामग्री खरिद गर्दा २ अर्बको भ्रष्टाचार भएको र पशुपतिको जलहरीमा सुन भनेर पित्तल लगाएको भनी माओवादी केन्द्रका सांसदले गरेको टिप्पणी संघीय संसद्को अभिलेखबाट हटाइएको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालले बोलेका ती शब्द हटाउन निर्देशन दिएका हुन् ।

सभामुख घिमिरेले भने , ‘स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देश गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस