बानेश्वरमा युवराज सफलमाथि कुटपिट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बानेश्वरमा युवराज सफलमाथि कुटपिट


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा युवराज सफलमाथि केही व्यक्तिहरूले कुटपिट गरेका छन् ।

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी सोम शर्मा र विप्लव खड्का लगायतको समूहले उनीमाथि कुटपिट गरेको हो ।

नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई उनीहरूले जिस्काएका थिए ।

उनीहरूले जिस्काएपछि सफल जङ्गिँदा उनैमाथि उक्त समूहले हमला गरेको थियो । हाल प्रहरीले सोही समूहका खड्का लगायत केहीलाई नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस