भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा खुट्टा तानिरहेका छन् : मन्त्री शर्मा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा खुट्टा तानिरहेका छन् : मन्त्री शर्मा


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको गुनासो गरेकी छन् ।

शनिवार प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय साधारण सभा तथा २१ औँ कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा काठमाडौँको शंखरापुरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध वर्तमान सरकार कृतसंकल्पित भएको बताएकी हुन् ।

उनले भनिन् ‘जब विकृति र विसंगतिविरुद्ध लड्न खोज्दै छौँ । जसरी यस विरुद्ध लड्ने मोर्चामा छौँ । यो बेला चौतर्फी घेराबन्दी भइरहेको छ । भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा खुट्टा तानिरहेका छन् ।’
उनले राजनीति र पत्रकारिता एक आपसको परिपूरक भएकाले पत्रकारहरूलाई राम्रो कामको प्रचार र नराम्रो कामको खबरदारी गर्न आग्रह गरिन् । नेपाल न्युज ब्याङ्कको सहयोगमा

Tags :
प्रतिक्रिया दिनुहोस