कसैको अगाडि लम्पसार परेर बाँच्नु नेपालीको अपमान हो : पूर्व राजा ज्ञानेन्द्र शाह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कसैको अगाडि लम्पसार परेर बाँच्नु नेपालीको अपमान हो : पूर्व राजा ज्ञानेन्द्र शाह


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु आम नेपालीको अपमान भएको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनु पर्ने अवस्था आएको बताएका छन् ।

उनले भने, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै–यस्तै आवाज सुन्छौँ ।’

पूर्व राजा शाहले नेपालको पिर मर्का बुझ्न नेपाली मुटुले मात्र सक्ने उल्लेख गर्दै के कस्तो विधि व्यवस्था अङ्गाल्ने र नेपालीको गौरव गरिमालाई पुनः ताजा बनाउने भन्ने बारेमा सोच्नै पर्ने बेला आएको बताए ।

पूर्व राजा शाहले भने, ‘अब हामी भन्दछौँ– मिलौँ, हामी सबै मिलौंं, त्यसैले हामी भन्दछौँ – जुटौँ, हामी सबै एक भएर जुटौँ, त्यसैले हामी भन्दछौँ– हामी नफुटौँ र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौँ । त्यसैले फेरि पनि भन्छौँ–जुटौँ, खटौँ र डटौँ, स्वधर्मबाट हटेर होइन त्यसमा नै एकजुट भएर राष्ट्रका निम्ति एक साथ अघि बढौँ ।’ नेपाल न्युज ब्याङ्कको सहयोगमा

Tags :
प्रतिक्रिया दिनुहोस