मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न पूर्व राजा ज्ञानेन्द्रलाई झलनाथको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न पूर्व राजा ज्ञानेन्द्रलाई झलनाथको चेतावनी


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका हुन् ।

उनले भने, ‘हाम्रा पूर्व राजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दै छन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किँदैन ।’

पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको पनि उनले बताए ।

‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ,’ उनले भने,‘कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरू भनेका अराजकताका सङ्केतहरू हुन् । नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ । यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अनुसन्धान प्रक्रियालाई पूर्ण रूपले टुङ्गोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस