गण्डकीले अधुरा आयोजना सम्पन्न गर्ने बजेट ल्याउने (पूर्णपाठ) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गण्डकीले अधुरा आयोजना सम्पन्न गर्ने बजेट ल्याउने (पूर्णपाठ)


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।

गण्डकीका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै जनताको जीवनस्तर उकास्ने बजेट ल्याउने बताए।

उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालनमार्फत उत्पादन, रोजगारी, आम्दानी र जनताको जीवनस्तर उन्नयन गर्ने कार्यक्रमलाई प्राथमिकता दिइने उनले बताए । अधुरा र दायित्व सिर्जना भइसकेका आयोजना सम्पन्न गर्न बजेटमा ल्याउने उनको भनाइ थियो।

प्रदेश गौरवका आयोजना, रूपान्तरणकारी र बहुवर्षीय आयोजनालगायतका रणनीतिक महत्त्वका आयोजना र कार्यक्रमलाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने मन्त्रीले आलेले जानकारी दिए।

उनका अनुसार शहरी र ग्रामीण भू-भाग, एकभन्दा बढी स्थानीय तहको केन्द्र जोड्ने सडक र राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिने प्रादेशिक तथा सहायक राजमार्ग निर्माणलाई बजेटमा प्राथमिकता दिइनेछ।

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस