सरकारबारे जनमत पार्टीले बजेटपछि निर्णय लिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारबारे जनमत पार्टीले बजेटपछि निर्णय लिने


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । जनमत पार्टीले सरकारलाई दिएको समर्थनबारे बजेटपछि मात्रै निर्णय लिने भएको छ ।

काठमाडौँमा शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले संघीय सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बिस्तारप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकार भने छोडिसकेको छ । तर समर्थन कायमै छ । संघीय सरकारसँगै मधेस प्रदेशको सरकारबारे पनि बजेटपछि निर्णय गर्ने उसको तयारी छ ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकारमा जनमत पार्टी सहभागी छ । तर गत १० वैशाखको उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएपछि खटपट बढेको छ ।

बुधबार मात्रै मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीको जिम्मेवारी खोसेका छन् ।

केन्द्रीय कमिटी बैठकबाट जनमत पार्टीले विधान संशोधन, केन्द्रीय समितिको संख्या थप, कार्यकारिणी समिति गठन र सचिवालय गठन गर्ने निर्णय समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस