सन्दीपको मुद्दामा मङ्गलवार फाइनल सुनुवाइ रोकिए दक्षिण अफ्रिका नजाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सन्दीपको मुद्दामा मङ्गलवार फाइनल सुनुवाइ रोकिए दक्षिण अफ्रिका नजाने


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको फाइनल सुनुवाइको अर्को पेसी मङ्गलवारका लागि तय भएको छ। यदि मङ्गलवार पनि अन्तिम चरणको बहस सुरु हुन नसकेमा सन्दीपको दक्षिण अफ्रिका भ्रमण स्थगित हुने भएको छ।

गत ७ जेठमा फणीन्द्रप्रसाद पराजुलीको इजालासले नुवाकोटको एक गायपालीकालाई जाहेरीकर्ताको जन्ममितिमा विवाद देखिएको भन्दै जन्मदर्ताको किताबको सक्कल प्रति र नारायणी अस्पताल वीरगञ्जलाई जन्मदर्ताको रेकर्ड स्पष्ट नबुझिएको भन्दै सक्कल किताब पठाउन आदेश दिएको थियो।

आदेशअनुसार उक्त डकुमेन्टहरू जिल्ला अदालत आइपुगेको जनाइएको छ। डकुमेन्टहरू आएसँगै मङ्गलवारका लागि फाइनल पेसी तोकिएको छ।

यदि मङ्गलवार पनि फाइनल चरणको सुनुवाइ सुरु नभए सन्दीप दक्षिण अफ्रिका नजाने उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस