विमान अवतरण हुनुअघि ढोला खोल्ने एक जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विमान अवतरण हुनुअघि ढोला खोल्ने एक जना पक्राउ


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । विमान अवतरण हुनुभन्दा पहिले नै विमानको ढोला खोलिदिएपछि एक जना यात्रु पक्राउ परेका छन् ।

दक्षिण कोरियाको दक्षिणी टापु जेजुबाट देगु अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको एसियाना एअरलाइन्सको विमानको ढोका खोलिदिएको आरोपमा झन्डै ३० वर्षका पुरुषलाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विमानमा एक सय ९४ जना यात्रु थिए । ढोका खुले पनि विमान सुरक्षितरूपमा अवतरण भएको छ । केही यात्रुले रोक्ने प्रयास गर्दा गर्दै एक यात्रुले विमानको आपत्कालीन ढोका खोलिदिएका दक्षिण कोरियाली यातायात मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ती व्यक्तिले कुन उद्देश्यले ढोका खोले भन्नेबारे खुलाइएको छैन ।

घटनापछि यात्रुहरू आत्तिएका थिए । श्वासप्रश्वासमा अप्ठ्यारो भएका यात्रुहरूलाई अस्पताल लगिएको छ । विमानमा बालबालिकाहरू समेत थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस