डा. नवराज केसीको ‘शून्यको मूल्य’ लाई उत्तम शान्ति पुरस्कार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डा. नवराज केसीको ‘शून्यको मूल्य’ लाई उत्तम शान्ति पुरस्कार


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । डा। नवराज केसीको कृति ‘शून्यको मूल्य’ ले २०७९ सालको ‘उत्तम शान्ति पुरस्कार’ पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति ‘शून्यको मूल्य’लाई पुरस्कार दिने घोषणा गरेको हो ।

पुस्तकमार्फत अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख पीडा, साहस र सङ्घर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत साहित्यकार डा. केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ । उत्तम शान्ति पुरस्कारमा ताम्रपत्रसहित १ लाख रुपैयाँ प्रदान गरिन्छ ।

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिन्छ । कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैर–आख्यान कृति ‘स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस