लचिलो सीप परीक्षण विधि अपनाएर सहजै रोजगारीको अवस्था सिर्जना गरिन्छ : सचिव सुवेदी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लचिलो सीप परीक्षण विधि अपनाएर सहजै रोजगारीको अवस्था सिर्जना गरिन्छ : सचिव सुवेदी


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरूका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित दृष्टिविहीनहरूको लागि व्यावसायिक सीप विकास र प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले सिटिइभिटीसँग सहकार्य गरी सरकारले नेत्रविहीनका लागि लचिलो सीप परीक्षण विधि अपनाएर सहजै रोजगारी पाउने अवस्था सिर्जना हुनसक्ने बताएका हुन् ।

नेत्रहीनहरूका लागि कस्ता सीप दिने भन्नेबारेमा विस्तृत छलफल गर्न आवश्यक देखिएको बताउँदै उनले भने, ‘सिटिइभिटीले सीप परीक्षण गर्छ। सीप परीक्षण गर्ने क्रममा उहाँहरूलाई अलि सहजीकरण गर्नुपर्ने हो की ? अलि लचिलो बनाउनुपर्ने हो की ? नीति प्रक्रियामा। सीप परीक्षणमा अरूलाई भन्दा फरक किसिमबाट गर्नुपर्छ। त्यसै अनुसार उहाँहरूले रोजगारीको बजार पाउने व्यवस्था गर्नुपर्छ। लचिलो सीप परीक्षण विधि अपनाउनलाई सिटिइभिटीमा हामीले सहकार्य गर्न सक्छौँ। सीपको लागि कस्ता सीपहरू दिनुपर्छ, कस्ता स्किल्स दिनुपर्छ भन्नेमा छलफल हुनुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस