तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज तोलामा ५ सय रुपैयाँले घटेर तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार भने सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलामा १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस