लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा विजय कार्की « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा विजय कार्की


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा सत्तापक्षीय विद्यार्थी सङ्गठनहरूले ताला लगाएपछि स्थगित भएको थियो ।

चुनावको माग गर्दै अदालतमा रिट परेपछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासले वैशाख १० गते ३० दिन भित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेशअनुसार जेठ ११ गते मनोनयन दर्ता भएको थियो ।

अनेरास्ववियु इतरका विद्यार्थी सङ्गठनहरू सहमतिमा स्ववियु बोर्ड गठन गर्ने पक्षमा उभिएपछि निर्विरोध नेतृत्व चयन भएको हो ।

स्ववियुको सचिवमा नेविसंघका निराजन खरेल, कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी र खुला सदस्यमा अनेरास्वयिुका सृजन नेपाल, प्रकृति गौतम, प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी, पुनम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

१९ सदस्यीय स्ववियु बोर्डमा विद्यार्थी सङ्गठनले गरेको सहमतिअनुसार अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्षसहित ९, नेविसंघले उपाध्यक्ष, सचिवसहित ६, अखिल क्रान्तिकारीले सहसचिवसहित २ सदस्य र विप्लव निकट क्रान्तिकारीलाई २ सदस्य दिने गरी सहमति भएको अनेरास्ववियुका सरोज पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस