ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

सो दिउँसो २ बजे शुरु हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।

२० खेलमा २५ अङ्क जोडेर १० औं स्थानमा रहेको पुलिस आठौँ जित हात पार्ने दाउमा छ। २० खेलमा २१ अङ्क जोडेर पुछारमा रहेको खुमलटार सातौँ जितको खोजीमा हुनेछ।

यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे शुरु हुनेछ।

२० खेलमा २६ अङ्क जोडेर आठौँ स्थानमा रहेको हिमालयन आज सातौँ जितको खोजीमा रहनेछ। २० खेलमा २६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको थ्री स्टार सातौँ जितको योजनामा छ।

Tags :
प्रतिक्रिया दिनुहोस