नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान आजबाट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान आजबाट


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत १६ जना पक्राउ परेका छन् । बाँकी १४ जना फरार छन् ।

गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस