पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाइको छ ।

यस्तै, आज मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस